कुमारी बैंकको ७ लाख ५७ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

काठमाडौ। कुमारी बैंकले शुक्रबारदेखि ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार २९ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार