४५ हजार घुससहित इन्जिनियर पक्राउ

४५ हजार घुस सहित एक जना इन्जिनियर पक्राउ परेका छन्। रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादव ४५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर यादवलाई ४५ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ । उनी माथि थप अनुसन्धान भइरहेको आयोगको जनाएकाे छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार