घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा घटेको छ । मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुई सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार २९५ कायम गरिएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार