बैदौली स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

कपिलवस्तुको यशोधरा गाउँपालिकाले बैदौली स्वास्थ्य चौकीले सञ्चालन गरेको अस्थायी कोभिड–१९ अस्पताललाई खालस एड इन्टरनेस्नलद्वारा ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

उक्त सामाग्री हस्तान्तरण गर्दै सामाजिक अभियन्ता अब्दुल मोविन खानले समुदायमा रहेको स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन उपकरण सहयोग गरिएको बताए । अक्सिजन कन्सन्ट्रेटर यशोधरा गाउँपालिकाका स्वास्थ्य इकाईको अथक प्रयासबाट प्राप्त भएको हो । उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै यशोधरा गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख वीरेन्द्र कुमार मिश्राले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

उनले प्राप्त गरेको उपकरणको सही सदुपयोग हुने समेत प्रतिबद्धता जनाएका छन् । हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक शङ्कर सिंह, मोहित मिश्रा, अब्दुल करिम लगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार