एमालेले दिएकाे भ्याकेट निवदेनको आज सुनुवाइ हुँदै

नेकपा एमालेले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदनको आज सुनुवाइ हुँदैछ । दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

महाधिवेशन आयोजक कमिटी नै एमालेको वैधानिक निकाय भएको दाबी गर्दै यस्तो निवेदन दर्ता गरिएको हो । सर्वोच्च अदाललका सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ मा कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

पार्टी केन्द्रीय कमिटीले कारवाही गर्न पाउने भए पनि एमालेमा अहिले केन्द्रीय कमिटी नभइ महाधिवेशन आयोजक कमिटी रहेकाले महाधिवेशन आयोजक कमिटीले यस्तो कारवाही गर्न नमिल्ने आदेशमा उल्लेख थियो ।

ओली समुहले अदालतको अन्तरिम आदेश खारेजीको मागसहितको निवेदनमा सर्वोच्चमा दिएको छ । अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार