राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वभाविक : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाएका हुन् ।

अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’

अयोग्य लडाकूलाई स्वास्थ्य उपचारमा सहुलियत दिनुका साथै शीप सिकाउनुपर्ने उनले बताए । स्वास्थ्य उपचारमा पनि एउटा नीति बनाउने बेला आएको लिङ्देनले बताए ।

नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति पौडेलको भारतमा उपचार, भाडामात्रै ६५ लाख खर्च

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार