माल्टामा झल्कियो मिनी नेपाल

माल्टा– नेपाली नयाँ वर्षको अवसरमा नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा ‘नेपाल डे’ मनाइएको छ । कार्यक्रममा माल्टाका सबै नेपाली संघसस्थाको सहभागीता रहेको थियो।

मिनी नेपाल झल्कीने गरी सञ्चालन गरिएको उक्त कार्यक्रमले नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । करिब २५००देखि३००० नेपाली र बिदेशी दर्शकको उपस्तिथी रहेको कार्यक्रममा अध्यक्ष प्रकाश भण्डारीको सभापतित्व रहेको थियो ।

कार्यक्रमको संयोजक रेम्स खनाले गरेका थिए। कार्यक्रममा हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि विविध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगायतअन्य पर्यटकलाई नेपाल र नेपाल चिनाउन विभिन्न विषयवस्तु राखिएको थियो ।

कार्यक्रमा प्रमुख अतिथी रुपमा माल्टाको अपोजीसन लिडर वेर्नाड गेर्च स्वंयम उपस्थीत भएको थिए । उनले निदारमा टिका , ढाकाको टोपी र खुकुरी सहित नेपाली कला देख्न पाउदा खुसीले गदगद भएको बताए । नेपाली समुदायलाई माल्टिज सोसाईटिले निकै अबब्ल समुदायको रुपमा हेरेको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा सगरमाथा पुगेको जुत्ता, झोला र माल्टिज झण्डा सहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रशंसा गरे । उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज हुन । उनको टोलीमा तीन जना सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप संयोजक सर्मिला बस्नेतले सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्न पाउदा नेपालीहरु निकै हर्षित भएको बताइन् ।

कार्यक्रममा कोस्टा ईज किल्यर फाउन्डेसनका मार्क गले पाचले सगरमाथा बेस क्यापमा गरेको किल्लीनिग क्यापेनको बारेमा चर्चा र नेपाली समुदायको करुणा र दयालु स्वभावको प्रशंसा गरेका थिए ।

कार्यक्रमा एनआरएन अध्यक्ष भुवन अर्यालले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ब्यानरसहित विभिन्न भेषभुषा झल्कने गरी नेपाली भण्डा सहित करिब १ किलोमिटर मार्चपास गरिएको थियो ।

कार्यक्रम अबधीभर नेपाल झल्किने विभिन्न प्रस्तुती प्रस्तुत गरिएको थियो । नेपाल बुद्धको देश , सगरमाथाको देश , विर गोर्खालीको देश , विभिधताको देश र प्रकृतीक दैवी कोखबाट जन्म लिएको देश भनेर चिनाउन सफल भएको नेपालीहरुले बताएका थिए ।

सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अन्य कार्यक्रमहरु गर्दै जाने जानकारी प्रकाश भण्डारीले जनाएका थिए ।संस्थाको आगामी कार्यक्रम र माल्टामा नेपाली पार्क निर्माण गर्ने गरी तयारीमा रहेको भन्दै सबैलाई जोडिन कार्यक्रम संयोजक रेम्स खनालले आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन रिना कार्की र सन्देश केसीले संयुक्त रुपमा गरेका थिए ।

साथै बुद्ध जयन्ती र सगरमाथा दिवसको अवसरमा विश्वका विभिन्न मुलुकमा कार्यक्रमको आयोजना गरी नेपालको पर्यटन प्रवद्धनमा सहयोग गर्ने गैरआवासीय नेपाली संघका प्रवक्ता एवम् नेपाल टुरिजम प्रामोसन कमिटिका प्रमुख संयोजक सोम सापकोटाले बताएका छन् । उनका अनुसार सगरमाथा दिवसको दिन न्यूजील्याण्डमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । साथै मलेसिया र ओमान पनि उक्त दिन भव्य कार्यक्रमको आयोजना गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । त्यस्तै युरोप नेपाल फर टुरिजमले पनि विश्वभरका सगरमाथा आरोहीसँग अन्तक्रियाको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उनीहरुको अनुभव र सुझाव संकलन गरिने छ ।

प्रवक्ता सापकोटाका अनुसार गैरआवासीय नेपाली संघले विश्वभरी छरिएर रहेका आफू मातहतमा सस्थाहरुलाई बुद्ध जयन्ती र सगरमाथा दिवसमा विभिन्न कार्यक्रमहरुको आयोजजना गर्न निर्देशन समेत दिएको छ । यस्ता कार्यक्रममाले नेपालको पर्यटनलाई विश्व बजारसम्म पुर्याउन, नेपाली कलासंस्कृतिको संरक्षण र प्रवद्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रवक्ता सापकोटाको विश्वास छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार