सेयर बजारमा फर्कियो हरियाली, नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडाैँ –  म्याग्दीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्युकाठमाडौँ । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७।७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो ।

उसो त आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३५८.०३ अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ । १७ अङ्कमाथिले नेप्से बढेको दिन १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार