काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना ७ दिनभित्र हटाउन चेतावनी दिएको छ । तोकिएको समय अवधिमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना नहटाए आफैँ हटाउने बताएको छ ।
महानगरले आफैले यदि ती संरचना हटाउन परे हटाउँदा लाग्ने खर्च निर्माणकर्ता स्वयंबाट भुक्तान गराइने महानगरले जनाएको छ ।
नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन भन्दै महानगरले सूचना निकालेको हो ।
महानगरले शनिबार निकालेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सम्बद्ध सबै सरोकारवालाहरूलाई ७ दिनभित्र ती संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।’