कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार कहिले ?

कुमारी बैंक र एनसीसी बैंकले जनवरी १ अर्थात पुस १७ बाट एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन् । कुमारी बैंक स्रोतका अनुसार जनवरी १ बाट एकीकृत कारोबार गर्ने तयारी भइरहेको छ ।
मर्जरपछि बैंकको नाम कुमारी नै रहने र सीईओ एनसीसी बैंकका हालका सीईओ रमेश अर्यात हुने यसअघि नै टुंगो लागिसकेको छ । कुमारी बैंकका हालका सीईओ रामचन्द्र खनाल एकीकृत बैंकको डेपुटी सीईओ हुनेछन् ।

कुमारी बैंकको कर्पोरेट अफिस रहेको ठाउँमा नै एकीकृत बैंकको कार्यालय रहने जनाइएको छ बागबजारस्थित एनसीसी बैंकको कर्पोरेट अफिस रहेको ठाउँ मुख्य शाखाको रुपमा रहने छ ।

एक आपसमा गाभिएसँगै बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । यस्तै सञ्चालक समितिमा एसीसीबाट ४ जना र कुमारीबाट ३ जना हुनेछन् ।

कुमारी बैंकले १९९ शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर र ५४ वटा ब्राञ्चलेश बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै एनसीसी बैंकले हाल ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

बाणिज्य बैंकहरुको संख्या घटाउँदै लैजाने नेपाल राष्ट्र बैंकको नीतिअनुसार कुमारी र एनसीसी मर्जरमा जान लागेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार