बंगबन्धु एसियन यु-२३ मा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं – बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

नेपाल र आयोजक बंगलादेशबीचको खेल अपराह्न ४ बजे सुरु हुने छ । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन् ।

नेपाल भलिबल संघ ९एनभिए० ले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाइ गरेको थियो । यस अघि संघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।

बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार