शुभम् पावरको आईपीओ बिक्री खुला

काठमाडौं । शुभम् पावर लिमिले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधाराका लागि जारी पुँजीको २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण हुन नसकेको एक लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी निष्काशन गरेको हो ।

यो सेयर खरिद गर्न पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको सेयर निष्काशन तथा मूख्य प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

यस कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवा क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार