उपाधी जितेको खुसीयाली मनाउने क्रममा अर्जेन्टिनामा एक जनाको मृत्यु

'सुरक्षाकर्मीको गाडी नै अपरण, हेलिकोप्टरमार्फत खेलाडीहरुको उद्धार'

काठमाडौं । विश्वकप फुटबलको उपाधी जितेको खुसीयाली मनाउने क्रममा अर्जेन्टिनामा एक जनाको मृत्यु भएको छ । भने पाँच जना गम्भीर घाइते भएका छन् ।

उफ्रिने क्रममा छतबाट खसेर २४ वर्षका युवाको मृत्यु भएको हो । आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएकाहरु कोमामा गएका हुन् ।

विजयी उत्सव मनाउने क्रममा समर्थकहरु अराजक बनेपछि प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको छ । केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका थिए । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्‍याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार