सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको छ । बढेसँगै प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो। यस्तै, महासंघले सार्वजनिक गरेको विवरणआनुसार बुधबार तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार