विजयी भएपछि देउवा भन्छन् : पार्टीलाई अझ धेरै बलियो बनाउँछु

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई अझै राम्रो बनाउन आवश्यक सुधारमा लाग्ने बताएका छन् ।

बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका हुन् ।

देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रूपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद ज्ञापनसमेत गरे। उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ। यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार