चितवनको गीतानगरमा पर्यटन सहकारी स्थापनाको तयारी

चितवनको भरतपुर महानगरपालिकामा पर्यटन सहकारी स्थापनाको तयारी गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर- ६ गीतानगरमा पर्यटन सहकारी स्थापना हुने भएको हो । गीतानगर क्षेत्रमा पर्यटकीय विकास गर्ने उद्देश्यले उक्त सहकारीको स्थापना गर्न लागिएको अभियन्ता ध्रुवराज मिश्रले जानकारी दिएका छन् ।

सहकारीको स्थापनाको तयारी स्वरुप ध्रुवराज मिश्रको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरूको भेलाले दक्षिणकाली पर्यटन सहकारी संस्था लिमिटेड खोल्ने निर्णय गरेको हो । सो भेलाले अशोक न्यौपानेको अध्यक्षतामा सहकारीको सञ्चालक समिति गठन गरेको छ ।

नवगठित समितिमा उपाध्यक्षमा दीपेन्द्र राज पौडेल ,सचिवमा गजेन्द्र पोख्रेल र कोषाध्यक्षमा विष्णुहरि तिवारीलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा वीरबहादुर देवकोटा , पुष्कर राज तिमल्सेनालाई चयन गरेको छ ।

युवा व्यवसायी ,समाजसेवी देवेन्द्रनाथ लोहनीको प्रमुख अतिथ्यतामा ,भरतपुर महानगरपालिका वडा नम्वर ६ का वडा सदस्य जितेन्द्र राज कोइरालाको विशेष उपस्थिति सम्पन्न दोस्रो भेलामा स्थानीय युवाहरू प्रदिपचद्र पण्डित,प्रकाश लामिछाने , महनाथ बस्ताकोटी,त्रिक्षेन्द्रनाथ पौडेल , राजेश शर्मा ,राममणि मिश्र ,जर्नादन पौडेल ,दिजन परियार ,ध्रुव परियार ,विनोद ओझा लगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार