देउवालाई बधाई दिँदै गगनले भने -‘एक दिन परिणाम उल्टाउने छु’

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको चुनावमा पराजित भएका गगन थापाले चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको बताएका छन् ।निर्वाचनको मतपरिणाम घोषणापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै बहुसंख्यकले पार्टीमा यथास्थितिलाई नै रुचाएको कुरालाई सहजतापूर्वक नै लिएको बताएका हुन् ।

उनले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिए । थापाले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई शुभेच्छा समेत दिएका छन् ।

सांसदहरूले गोप्य मतदानमा मतपत्रको फोटो खिचेको कुरामा भने उनले असन्तुष्टि जनाएका छन् । ‘यो कुरा चाहीँ अलिकति दुस्खद लाग्यो । यसले निर्वाचनको पवित्रता र संसदमा गरिमामा खोट लागेको छ,’ उनले भने ।

आफूलाई भोट नहाल्ने साथीहरूको मन जित्ने लगातार प्रयास गर्ने गगनले उल्लेख गरे । केही समयपछि फेरि निर्वाचन हुने र आफूले जित्ने आशा उनले व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार