भोट हालेको फोटो खिचिएको भन्दै गगनको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।यसरी फोटो खिच्ने कम्तीमा ९ जना सांसदहरू संस्थापन अर्थात् देउवा पक्षका हुन् ।

दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार छन् । बुधबार बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताएका थिए । तर सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार भएकाे गगनले बताए ।

‘उहाँहरूले भन्नुभयो कि सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला । हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय बनाएनौैं,’ गगनले भने ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो । मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै १०र११ जनाले मोबाइल निकालेर तस्बिर खिच्नुभयो । अन्तर पार्टी लोकतन्त्रको सुखद अभ्यासमा यो लाजमर्दो कुरा हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार