सोमपाल जनकपुर रोयल्सको मार्की खेलाडी

काठमाडौँ – नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकपुरले मैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो । जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । जनकपुरबाट वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र चाडविक वाल्टनले समेत खेल्ने छन् ।

अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, श्रीलंकाका अशान प्रियान्जन पनि जनकपुरमा आबद्द छन् । जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । कार्यक्रममा जनकपुर रोयल्सले टिमको जर्सी समेत सार्वजनिक गरेको थियो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार