मेस्सीसहितका खेलाडी ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौं – कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् ।

राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटनाबाट जोगिएका हुन् ।

मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई छल्न सफल भए ।

मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी बसको टपमा बसेका थिए । सार्वजनिक भिडियोमा उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको देखिन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार