सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौँ – सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। छत्रेश्वरी गापा–१ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गापा–१ पटारेमा मंगलबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा छत्रेश्वरी गापा–१ दमाचौरका भद्रवीर खत्री, काल्चेकी ७३ वर्षीया चम्पादेवी शर्मा, ३५ वर्षीय नारायणप्रसाद हमाल, दहखोलाका ३७ वर्षीय चिरञ्जीवी खड्का, कल्लेरीका २४ वर्षीय भूपेन्द्र चन्द, त्रिवेणी गापा–६ लुहामकी ४० वर्षीया टीका नेपाली, ५१ वर्षीया मायादेवी नेपाली, सिद्धकुमाख गापा–३ ढोरचौरकी २३ वर्षीया तुलसा देवकोटा, बाझकाँडाका ३९ वर्षीय राजेन्द्रकुमार चलाउने, शारदा नपा–६ मदमकाँडाका ३१ वर्षीय खुमलाल केसी, शारदा नपा– १५ स्यालपानीका १९ वर्षीय प्रवेश बोहरा रहेका छन्।

घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरेर श्रीनगर ल्याएको र उनीहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। के

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार