कांग्रेस संसदीय दलमा देउवा र गगनको प्रतिस्पर्धा हुने, दुवैले गराए उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर दुबै नेतालेमनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो ।

थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन् । यसैगरी सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार