निर्वाचनमा सत्तागठबन्धनद्वारा राज्यशक्तिको चरम दुरुपयोग भयो : केपी ओली

'कसको नेतृत्वमा कस्तो सरकार बन्छ भन्ने अन्यौलता'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न भएको आम निर्वाचनमा धाँधली भएको बताएका छन् । उनले राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप समेत लगाए ।

आज एमालेले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै ओलीले थुप्रै ठाउँमा धाँधली भएको र चुनाव गराउने निकायको भूमिका पनि निष्पक्ष नदेखिएको गुनासो गरे ।

उनले भने, ‘यस चुनावमा हाम्रो विजय खोसिएको छ । राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भयो । जनताको सार्वभौम अधिकार हनन गरियो । निर्भय वातावरणमा जनताले प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यो जनताको सार्वभौमसत्तामाथिको प्रहार हो । लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’ओलीले धेरै ठाउँमा धाँधली भएको प्रमाण हुँदा पनि आयोगले पुन मतदान नगराएको बताए ।

यस्तै ओलीले गठबन्धनले मात्र सरकार गठन गर्न नसक्ने अवस्था रहेको बताए । हिजो चार वटा रहेको राष्ट्रिय पार्टीको संख्या अहिले ७ पुगेको भन्दै उनले भने, ‘परिणाम के। भइरहेको छ भने सरकार गठनबारे बोल्नसक्ने अवस्था पनि कसैको छैन ।’

उनले अघि भने, ‘कस्तो सरकार बन्छ ? कसको नेतृत्वमा बन्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।’अहिलेको गठबन्धन कुनै उद्देश्यमा होइन, स्वार्थ, लेनदेन र सेटिङमा रहेको भन्दै उनले भने, यस्ता हिसाबले सरकार गठन गर्ने कुरामा एमाले असहमत छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार