कांग्रेस संसदीय दलको नेतामा देउवाको प्रस्तावक रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

संस्थापन इतर समुहबाट महामन्त्री गगन थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार