वर्षमान पुन स्वदेश फर्कदै

काठमाडौँ – उपचारका लागि चीन जानु भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कने भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्किन लागेका हुन् ।

पुन चाइना साउथर्न एअरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। वंशाणुगत जण्डिसबाट पीडित पुनमा धपेडीका कारण रोग बल्झिएपछि गएको मंसिर १६ गते फलोअप उपचारका लागि चीन गएका थिए ।

उनीको चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उ‍नको स्वास्थ्यमा सुधार आएको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार