विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

काठमाडौँ – फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियालीमा अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो ।

राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार