सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउमा प्रतितोला एक सय रुपैयाँको गिरावट देखिएको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सयमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार