‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आज

काठमाडौं – नेकपा (एमाले) ले आज ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’विशेष कार्यक्रम गर्दैछ। विजय, बधाई र उत्सवका रूपमा आज मध्यान्ह १२ बजे काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा‘एमाले जनताको रोजाईको पहिलो पार्टी’कार्यक्रम गर्न लागेको हो।

प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेकाले एमालेले कार्यक्रम तय गरेको हो। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना प्रदान गर्ने एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको एमालेले जनाएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन्। एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ लोकप्रिय मत ल्याएको छ।

कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, उपस्थिति हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार