कांग्रेस संसदीय दलको नेता छान्न प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता हुँदै

नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ ।

उम्मेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार