विश्वकप फुटबलमा सट्टेबाजी गराउने दुई जना पक्राउ

काठमाडौँ – कतार विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानीमा फुटबलको सट्टेबाजी खेल खेलाउने क्रम बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार