नेपाल बैंकर्स संघमा सन्तोष कोइराला र दिपककुमार दे दोहोरिंदै

नेपाल बैंकर्स संघ (एनबिए)ले तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्‍याउने भएको छ । संघको मंसिर २६ गते (सोमबार) हुने साधारणसभाले रिक्त हुने संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिृकत दिपककुमार देलाई दोहोर्‍याउने भएको हो।
उनीहरुको कार्यकाल सकिदैछ । साधारणसभाले आगामी दुई वर्षको लागि संघको कार्यकारी सदस्यमा दोहोर्‍याउने भएको हो।

यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्‍याएपछि रिक्त रहेको संघको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ आउने भएका छन् । साधारणसभाले रिक्त रहेको सदस्य चयन गर्नेछ ।

खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय अध्यक्ष रहेको संघको उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार