इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटियो

काठमाडौँ – शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने, ‘एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो । यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम हो । घटनाको छानबिन गरी आवश्यक कारबाही गरिनेछ ।’ एयर इन्डिया एक्सप्रेसबाट यस घटनाको बारेमा कुनै जानकारी आएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार