आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको दिनानुदिन उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको बजेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९७ डलर र चाँदी प्रतिऔसत २३ दशमल ४८ डलमा कारोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार