विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

यस पटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलमा स्थान बनाएका छन् ।पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल मंगलबार राति हुनेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार