यस्तो रहनेछ आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार