एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार