माओवादीले समानुपातिकको सूची आज टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा हिजो बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्न नसकेपछि आज बस्ने बैठकले टुंगो लगाउने एक नेताले जानकारी दिए ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार