एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : विष्णु पौडेल

रूपन्देही- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो, तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ। त्यसैले हामी सरकारमा जाँदैनौँ,’ उनले भने। सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।

सरकार दलविशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे। ‘जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाई रोकिन दिँदैनौँ। सुरु भएका योजना पूरा गरेर छोड्छौँ,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार