शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

चितवन– रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने छ ।

नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख ११ हजार एक सय ११ र द्धितीय हुनेलाई ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिने छ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिताका लागि नगरपालिकाले सात लाख ९८ हजार छ सय ६६ बजेट बिनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए। जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार