एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौँ – एमालेले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन शुक्रबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदहरूको नामबारे सुझाब मागेलगत्तै एमालेले बैठक बोलाएको हो ।

समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ प्रदेशमा पहिलो लोकिप्रय मत पाएको छ । आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो ।

केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले आयोगको पत्र प्राप्त भएकाले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाममाथि छलफलका लागि बैठक डाकिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार