बीमा प्राधिकरणमा जागिरको अवसर

नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो।

अधिकृतदेखि कार्यालय सहायकसम्मका ३६ जनाका लागि आवेदन माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने पनि प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार