यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १० पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ शून्य पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार