नेपालको लज्जास्पद ब्याटिङ, १२० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई १२० रनको लक्ष्य पेस गरेको छ । नेपालले ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।

युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार