गायिका रेश्मा पुनको आवाजमा ‘मालिङ्गो काटी’

काठमाण्डौं – गायिका रेश्मा पुन को आवाजमा रहेको ‘मालिङ्गो काटी ’ गीतको भिडियो लिम्दुमी क्रियसनको युटुव मार्फत सार्वजनिक भएको छ । मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा सुमाया राईको शब्द तथा डिआर अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ । ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन , अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ । मौलिक सिर्जनामा आधारित गीतमा बेदना राई , प्रयास दिप राई र प्रकाश लिम्बुको अभिनय रहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार