राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घेराउ

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद सुरु भएको छ । उक्त पार्टीमा समानुपातिक सांसद चयनको विषयलाई लिएर विवाद सुरु भएको हो ।

रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो।तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।

विवादकै क्रममा नेता तथा कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुका साथै तोडफोड गर्ने चेतावनी दिएका छन् । पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदकामा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको रास्वपाका एक नेताले बताए ।

रास्वपाले चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । तथापि समानुपातिकका केही नामवली रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार