गुजरातमा भाजपाको एकतर्फी अग्रता

काठमाडौँ – लामो चुनावी अभियान र दुई चरणको मतदानपछि अब नतिजा आउने बेला आएको छ । गुजरात विधानसभा चुनावको मतगणना जारी छ। दिउँसोसम्म तस्बिर स्पष्ट हुन सक्छ।

गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना छ ।

गुजरात विधानसभाको १८२ सिटका लागि मतगणना जारी छ। भाजपा एकतर्फी अग्रताका साथ १ सय ४५ सिटमा अगाडि छ । कांग्रेस २५ र आम आदमी पार्टी ८ सिटमा अगाडि छ । यहाँ ४ सिट स्वतन्त्र र अन्य उम्मेदवारको खातामा गएको देखिन्छ । आज बिहान ८ बजेदेखि आधा घण्टा अगाडि हुलाक मतपत्रको गणना गरेपछि गुजरातमा इभीएम बाट मतगणना सुरु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार