बिहे भोजले बिरामी परेकामा आउँको किटाणु

पाल्पा-  पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ । मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

मंगलबार मिसन अस्पतालका डा। सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए । बुधबार पुनः लुम्बिनी प्रादेशिक अस्पतालका डा। विवेश खनाल, मेडिटेल अस्पतालबाट स्वास्थ्यकर्मीहरू विष्णुप्रसाद पाण्डेय, बैकुण्ठ पौडेल लगायतको टोलीले सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार