समानुपातिक सांसदको निर्णय गर्न एमालेको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार