सुनको मूल्य प्रतितोला एक लाख नजिक

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

बुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार