कतार विश्वकपमा उदाएका रामोस, जसले रोनाल्डोलाई छायामा पारे

'रामोसको संर्घष, विश्वकप यात्रा र ह्याट्रिक'

काठमाडौँ – गोन्कालो रामोस, यो नाम कतार विश्वकपको क्वाटरफाइनल खेल भन्दा अगाडि सिमित व्यक्तिलाई मात्र थाहा थियो । उनलाई निकै कम समर्थकले चिनेका थिए । तर पोर्चुगल र स्विट्जरल्यान्डबीचको क्वाटर फाइनल खेल सकिँदा रामोस एक नयाँ स्टार खेलाडीको रुपमा उदय भए ।

जसरी पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल सुरु हुनुअघि क्रिस्टियानो रोनाल्डो बेन्चमा बसेको चर्चा थियो। त्यसरी नै खेल सकिँदा सबै चर्चा गोन्कालो रामोसमा केन्द्रित भयो। उक्त खेलमा उनले ह्याट्रिकसहित एक असिस्ट गरे । भने पोर्चुगलले ६–१ को सानदार जित निकाल्यो । यो विश्वकपमा पोर्चुगलले हात पारेको यो नै सबैभन्दा ठूलो जित हो ।

रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेका प्रशिक्षक सान्तोसले यति उत्कृष्ट परिणामको अपेक्षा पक्कै गरेका थिएनन्। पोर्चुगलले हासिल गरेको जित त छँदै छ, तर पहिलो पटक अपेक्षासहित मैदानमा उतारिएका रामोसले पनि तीन गोल गर्दै करियरकै उत्कृष्ट रात बनाए।

सन् १९६२ मा हंगेरीका फ्लोरियन अल्बर्टपछि विश्वकपमा ह्याट्रिक गर्ने रामोस सबैभन्दा युवा खेलाडी हुन्। बेन्फिाकाका उत्पादन रामोसले २१ वर्ष एक सय ९१ दिनमा ह्याट्रिक गरेका हुन्। व्यावसायिक क्लबमा उच्च लयमा रहेका रामोसले १७औं मिनेटमा पहिलो गोल गरेका थिए।

उनले दोस्रो हाफको सुरुवातमै व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि डिएगो डालोटले ६७औं मिनेटमा दिएको क्रसलाई चतुर्याइंपूर्वक गोलमा परिणत गर्दै विश्वकपको पहिलो ह्याट्रिक पूरा गरे। त्यसअघि उनले नै दिएको पासमा राफेल गुरेरोले उत्कृष्ट गोल गरेका थिए। रामोसले ७४औं मिनेटमा सब्स्टिच्युट हुनुअघि सर्वाधिक (६) प्रहार गरेका थिए। तीमध्ये पाँच प्रहार फ्रेममा राख्न सफल भए। उनले स्विट्जरल्यान्डको पेनाल्टी बक्समा ६ पटक बल छुँदा तीन गोल गरे। उनी सब्स्टिच्युट भएसँगै इङ्ल्यान्डका पूर्व गोलरक्षक रोब ग्रिनले मुक्तकण्ठले प्रशंसा गरेका थिए।

रामोसले आफ्नो डेब्यू विश्वकपमा ह्याट्रिक गरे, जुन सफलता २० वर्षअघि जर्मनीका मिरोस्लाभ क्लोजले पनि पाएका थिए । एक खेलमै सबैको मनमा रहन सफल भएका रामोसको टिमले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्दा पनि उनीबाट सोही अपेक्षा गर्नेछ ।

को हुन् रामोस ?

रामोस बेन्फिकाको युथ क्लबमा हुर्किएका खेलाडी हुन्। उनले जारी विश्वकपमा स्विट्जरल्यान्डविरुद्धको खेलअघि जम्मा ३३ मिनेट मात्रै देशबाट खेलेका थिए। गत नोभेम्बरमा भएको नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा उनले २३औं मिनेटमा एक गोल गरेका थिए। जारी विश्वकपको समूह चरणमा उनले घाना र उरुग्वेविरुद्ध दुई र आठ मिनेट खेलेका थिए।

सन् २००६ मा रोनाल्डोपछि पोर्चुगलबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्, रामोस। सनसनीपूर्ण प्रदर्शनपछि उनले पक्कै क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध पहिलो रोजाइमा स्थान बनाउने विश्वास गरिएको छ। स्विट्जरल्यान्डविरुद्धको खेलपछि उनी त्यसका हकदार पनि देखिन्छन्।

बेन्फिाकाबाट जारी सिजन २१ खेलमा १४ गोल र ६ असिस्ट गरेका रामोस आत्मविश्वास र उत्कृष्ट लयमा छन्। तीमध्ये सात गोल पछिल्ला ६ खेलमा गरेका रामोसमा आत्मविश्वास पनि उक्तिकै छ। तर, विश्वकप यो सनसनीपूर्ण शैलीमा सुरु हुन्छ भन्ने उनले पक्कै सोचेका थिएनन्। सन् २००२ पछि विश्वकपमा पहिलो पटक सुरुवाती ११ मा परेर ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन्। २० वर्षअघि जर्मन फरवार्ड मिरास्लोभ क्लोसले ह्याट्रिकसहित विश्वकपको सुरुवात गरेका थिए। क्लोस विश्वकपका सर्वाधिक गोलकर्ता पनि हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार